क्रिकेट

चितवन प्रिमियर लिगः आज दुई खेल हुँदै

Banner

चितवन,माघ १९-

सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) टि २० क्रिकेट प्रतियोगिताअन्तर्गत आज (आइतबार) दुई खेल हुँदैछ । आज बिहान हुने पहिलो खेलमा बिहान ९ बजे इच्छाकामना वारीयर्स र माडी टाइगर्स भिड्नेछन् । इच्छाकामना माडीलाई पराजित गर्दै पहिलो जितको खोजिमा हुनेछ । यसअघि आफ्नो पहिलो खेलमा इच्छाकामना भरतपुर गुर्खाजसँग सुपर ओभरमा पराजित भएको थियो । उता पहिलो खेलमा सौराहा स्याण्ड्सलाई पराजित गरेको माडी लगातार दोस्रो जित निकाल्ने दाउमा रहेको छ । इच्छाकामना दीपेश श्रेष्ठ तथा माडी किशोर महत्तोको कप्तानीमा मैदान उतर्नेछ ।

यस्तै आजको दोस्रो खेलमा दिउँसो १ बजे राप्ती ¥यापिडस र भरतपुर गुर्खाज भिड्ने आयोजक नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक राजु चौधरीले जानकारी दिए । राप्तीको यो पहिलो खेलहो भने भरतपुरको दोस्रो हो । पहिलो खेलमा इच्छाकामनालाई पराजित गरेको भरतपुर आज दोस्रो जितनिकाल्ने योजनामा रहेको छ । राप्ती आकाश थापा तथा भरतपुर संघर्ष पौडेलको कप्तानीमा मैदानमा उत्रने छ ।

२५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स , राप्ती ¥यापिडस,माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ ।

यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफदि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>