देश/प्रदेश

नेपाल भ्रमण वर्ष २०२० मस्कट : किन विवादमा पर्‍यो यतीको मूर्ति ?

Banner

चितवन, माघ १७-

भ्रमण वर्ष २०२० को सचिवालयले प्रचारप्रसारका लागि मस्कट बनाउनका लागि धेरै विकल्पहरू मध्येबाट यती छनोट गरेको हो ।

यति अर्थात हिममानव । किम्वदन्तीहरुमा यतिबारे उल्लेख भएपनि यसको अस्तित्वबारे प्रश्नहरु उठ्दै आएका छन् । तर यसपटक नेपाल भ्रमण वर्ष २०२० का लागि यतिलाई नै मस्कटको रुपमा प्रयोग गरेर प्रचारप्रसार भइरहेको छ ।

यतीको ‘मस्कट’को आकार तथा स्वरूप नेपाली मौलिकता र मिथक कथामा आधारित नभएको भन्दै यतीसम्बन्धी अनुसन्धानकर्ता तथा सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका हुन् ।

नेपालका हिमालय क्षेत्रको विश्वव्यापी प्रवर्द्धन गर्न यतीलाई मस्कटका रुपमा प्रयोग गरिएको दावी नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको छ । यतिको बडेमानका मूर्तिहरु राजधानीको विभिन्‍न स्थानहरुमा देख्‍न सकिन्छ ।

मूर्तिमा विभिन्‍न चित्रसमेत कोरिएको छ । तर अनुमानका भरमा मूर्ति बनाइएको र यसले यतीको अनुमानित आकार र स्वरुपको समेत खिल्ली उडाएको भनेर आलोचना भइरहेको छ । यतीको मूर्ति पछाडि मलद्वारमा मुख पर्ने गरी जीवित कुमारीको चित्र कोरिएको भन्दै यतीको मूर्तिलाई वसन्तपुर क्षेत्रबाट हटाइएको छ ।

दर्जनौँ कलाकारहरूले बनाएका ती मस्कटलाई देश-विदेशका विभिन्न पर्यटकीय स्थल, व्यापारिक केन्द्र, होटेल तथा विमानस्थल तथा नेपालका केही हिमालका आधारशिविरमा समेत राखिने बताइएको छ ।

कलाकारको पारिश्रमिक, कच्चापदार्थ तथा ढुवानी खर्च समेत गरेर प्रत्येक मस्कटलाई झन्डै पाँचलाख रुपैयाँ पर्ने बताइएको छ ।

तर कतिपय स्थानमा ढुवानीका कारण अझ महँगो पर्न सक्ने बताइएको छ ।

नेपाली कलाकारले निर्माण गरेका यी मूर्ति तथा मस्कटलाई नेपालको मौलिक पहिचानका रूपमा विदेशका विभिन्न शहरमासमेत प्रदर्शन गरिने समेत बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>