चितवन विशेष
क्रिकेट रङगशालामा महायज्ञ सफल पार्न भरतपुरका प्रत्येक वडामा सहयोग समिति

चितवन,माघ १६-
धुर्मुस–सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ हुने धनधान्याचल महायज्ञको तयारी तीब्र पारिएको छ । माघ १९ गते रंगशाला निर्माणस्थल भरतपुर १५ मा उद्घाटनको तयारीमा चितवनबाट सबै जुटौं,कोही नछुटौं भन्ने उद्घोषका साथ चितवनका प्रत्येक घरघर र टोलटोलका मानिसहरुलाई यज्ञमा सहभागि गराउने उदेश्य राखिएको छ । महायज्ञका लागि सबै क्षेत्रका नागरिकहरु टोलटोलबाट तयारीमा जुटेको मूल आयोजक समितिका संयोजक प्रदेश सांसद विजय सुवेदीले बताए ।
उनले भने,भरतपुरका २९ वटै वडाबाट नागरिकको सहभागिता हुनेछ,देशभरकै नगरपालिकाहरुबाट पनि आर्थिक सहयोगको आश्वासन पाएका छौं । राष्ट्रिय गौरबको आयोजना भएकाले पनि सोचे अनुसारको सहयोग जुटाउन कठिन नहुने उनले बताए । भरतपुर महानगरपालिकाले राष्ट्रिय गौरबकोे आयोजनाको रुपमा धुर्मस सुन्तली फाउण्डेशनसंगको सहकार्यमा निर्माण अगाडि बढिरहेको हुनाले सबै चितवनबासीले अपनत्व हुनेगरी निर्माणमा जुट्न उनले आग्रह गरे ।
प्रमुख बाचक पण्डित दिनबन्दु पोखरेल रहेको महायज्ञबाट ५० करोड उठाउने लक्ष्य राखिएको छ ।
























