चितवन विशेष

राप्ती नगरपालिकाद्वारा २० विद्यालयमा स्विटर वितरण

Banner

चितवन, माघ १५-

राप्ती नगरपालिकाले पहाडी क्षेत्रमा बसोबास गर्ने २० वटा विद्यालयका दुई हजार ८०० बालबालिकालाई स्विटर वितरण गरेको छ ।

नगरपालिकाले वडा नं. १०, ११, १२ र १३ का विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई स्विटर वितरण गरेको हो । नगर प्रमुख प्रभा बरालका अनुसार नगरपालिकाले बजेट विनियोजन गरी आठ लाख ६७ हजारको स्विटर खरिद गरी वितरण गरेको हो । सो क्षेत्रमा ६० प्रतिशतभन्दा बढी चेपाङ समुदाय बसोबास गर्छन् ।

विगत वर्षहरुमा ती विद्यार्थीलाई देखाएर आर्थिक संकलन गरी केही रकमको स्विटर किनेर दिए पनि सबैले पाउन सकेका थिएनन् । बरालले यिनै विद्यार्थीलाई देखाएर आर्थिक चलखेल र दरिद्र बनाउने गरेपछि आफूले कसैलाई पनि स्विटर बाड्न नदिएर नगरपालिकाले नै स्विटर दिएको बताए । सो क्षेत्र जिल्लाको पहाडी ग्रामीण क्षेत्र हो । पहिले पहिले नयाँ मान्छे स्कुल क्षेत्रमा पुगेपछि विद्यार्थी भाग्ने गर्दथे । तर, पछिल्ला वर्षहरुमा विकास हुँदै गएपछि स्थानीयको जीवनस्तरमा सुधार हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>