खेलकुद

बास्केटबल खेलाडी कोबीसहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु

Banner

काठमाडाैं माघ १३-

अमेरिकी बास्केटबल खेलाडी कोबी ब्रायन्टसहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भएको छ ।

कोबीको निधनपछि अमेरिकी खेल क्षेत्र स्तब्ध भएको छ । एनबीएले विज्ञप्ति जारी गर्दै कोबीको असामयीक निधनले स्तब्ध भएको उल्लेख गरेको छ ।

४२ वर्षीय कोबी १३ वर्षीया छोरी जियानासँगै अन्य ७ जना साथिभाईसँग निजी हेलिकोप्टरबाट क्यालिफोर्नियाको कालबासासमा यात्रारत रहँदा दुर्घटना भएको हो ।

राष्ट्रिय बास्केटबल एसोसिएसनले आयोजना गर्ने प्रतियोगितामा धेरै जसो समय उत्कृष्ट रहेका उनी ५ पटकसम्म एनबीए च्याम्पियन्ससमेत बनेका थिए ।

यसैकारण उनलाई बास्केटबल इतिहासकै महान खेलाडीको रुपमा समेच चित्रित गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>