क्रिकेट

अस्ट्रेलियाको बिग बास लिग छाडेर नेपाल फर्कदै सन्दीप

Banner

काठमाडौं, माघ १२ ।

बिग बास लिग छाडेर सन्दीप लामिछाने सोमबार स्वदेश फर्कने भएका छन् । अस्ट्रेलियाको बिग ब्यास लिग खेलरहेका सन्दीप बीचैमा स्वदेश फर्कन लागेका हुन् ।

क्रिकेट वर्ल्डकप लिग टू अन्तरगत नेपाल, ओमान र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिजका लागि उनी नेपाल फर्किएका हुन् । यो सिरिज माघ २२ बाट काठमाडौंमा हुनेछ ।

जारी सिजनमा मेलवर्न स्टार्सका लागि सन्दीपले १३ खेल खेल्दै १५ विकेट लिएका थिए ।

सन्दीप आवद्ध टिम मेलबर्न स्टार्स भने यो पटक विग बास लिगले समूह चरण पार गरिसकेको छ ।

अब उनले मेलबर्न स्टार्सको बाँकी खेल भने गुमाउनेछन् । किनकी बिग बास लिगको फाइनल ९ तारिखमा छ, जतिबेला नेपालले त्रिकोणात्मक सिरिज खेलिरहेको हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>