चितवन विशेष

निर्माणाधिन रगंशालामा मैदानको काम शुरु

Banner

चितवन ,माघ १२

चितवनको रामपुरमानिर्माणाधिन गौतम बुद्द अन्तराष्ट्रिय क्रिकेट रगंशालामा मैदानको काम शुरु भएको छ । १६ लाख लिटर पानीक्षमताको सेयर वाल ड्रेनेज ढलानको काम सकेर शनिबारबाट मैदानको काम शुरु भएको धुर्मुस सुन्तली फाउण्डेसनकाअध्यक्षसिताराम कट्टेल धुर्मुसले जानकारी दिए । शनिबारबाट शुरु भएको मैदानको काम ४ महिनामा सकिने धुर्मुसले बताए ।

‘सेयर वाल ड्रेनेज ढलानको काम सकेर हामीले मैदानको काम शुरु गरेका छौ उनले भने, ‘अबको ४ महिनाभित्र मैदाननिर्माण सम्पन्नगर्नेछौ।’ यस अघी साइट क्लियर नहुँदा समस्याभएको भन्दै उनले शनिबारबाट भने मैदानको काम शुरु भएको बताए ।मैदानपूर्नकालागिआवश्यक माटोको पनिव्यवस्थाभईसकेकोले अबकाम रफ्तारमा अघी बढ्ने उनले बताए ।

भोलीबाट पाँचवटा टिपरले माटो तान्ने र डोजरले मैदान सम्याउने कामगर्ने उनले बताए । उनले माघ १९ गतेबाट शुरु हुने महायज्ञ अघी मैदानको आकार तयार भईसक्ने बताए ।यस्तै शनिबारबाट नै प्याराफिटको काम समेत शुरु भएको धुर्मुसले जानकारी दिए । उनकाअनुसार प्याराफिट अन्तर्गत पिलरको पीसीसी ढलानको कामशनिबार विधिवत रुपमा शुरु भएको छ । जगपहिले नै खनिसकेको र पीसीसी ढलानको कामभने शनिबारबाट शुरु भएको उनले बताए । उक्तप्याराफिट ३० हजार क्षेमताको हुनेछ ।

स्रोत व्यवस्थापनभएको खण्डमा २ बर्ष भित्र रगंशालानिर्माण सम्पन्नहुनेमाआफु ढुक्क रहेको उनको भनाई छ । ‘पहिले हामीले दुई बर्ष दुई बर्ष भन्यौ तर बीचबीचमाविविधकारणले काम रोकियो उनले भने, ‘तर आज म भन्छु स्रोत व्यवस्थापनभएको खण्डमा आजको मितीबाट दुई बर्ष भित्र रगंशाला ठडिन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>