चितवन विशेष

सीपीएलः राप्ती र्‍यापिड्सको गुडविल एम्बासडरमा कलाकार गिरी

Banner

चितवन, माघ १०–

सिएमसी चितवन प्रिमीयर लीग (सीपीएल) को टिम राप्ती र्‍यापिड्सले आफ्नो गुडविल एम्बासडरमा चर्चित कलाकार दिपकराज गिरीलाई नियुक्त गरेको छ ।

राप्तीका प्रवन्ध निर्देशक नविन चापागाईद्धारा जारी विज्ञप्तीमा चर्चित कलाकार एवंम निर्माता गिरीलाई क्लवको गुडविल एम्बासडरमा नियुक्त गरेको जनाइएको छ । कलाकार गिरीले राप्ती र्‍यापिड्सको प्रवद्र्धन गर्नुको साथै खेलाडीहरुलाई हौसला प्रदान गर्नेछन् । उनले राप्ती र्‍यापिड्ससंग आफू सहकार्य गर्न पाएको खुशी व्यक्त गरेका छन् ।

चितवन प्रिमियर लीग यही माघ १७ गतेदेखि २५ गतेसम्म नारायणगढस्थित क्याम्पाचौरमा संचालन हुदैछ । नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रा.लि.को आयोजना र चितवन क्रिकेट संघको सहआयोजनामा हुन लागेको प्रतियोगितामा पाँच टिम सहभागि छन् । जसमा राप्तीसंगै सौराहा स्याण्ड्स, भरतपुर गुर्खाज, माडी टाइगर्स र इच्छाकामना वारियर्स रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>