चितवन विशेष

सीपीएलः राप्ती र्‍यापिड्सको गुडविल एम्बासडरमा कलाकार गिरी

०
Banner

चितवन, माघ १०–

सिएमसी चितवन प्रिमीयर लीग (सीपीएल) को टिम राप्ती र्‍यापिड्सले आफ्नो गुडविल एम्बासडरमा चर्चित कलाकार दिपकराज गिरीलाई नियुक्त गरेको छ ।

राप्तीका प्रवन्ध निर्देशक नविन चापागाईद्धारा जारी विज्ञप्तीमा चर्चित कलाकार एवंम निर्माता गिरीलाई क्लवको गुडविल एम्बासडरमा नियुक्त गरेको जनाइएको छ । कलाकार गिरीले राप्ती र्‍यापिड्सको प्रवद्र्धन गर्नुको साथै खेलाडीहरुलाई हौसला प्रदान गर्नेछन् । उनले राप्ती र्‍यापिड्ससंग आफू सहकार्य गर्न पाएको खुशी व्यक्त गरेका छन् ।

चितवन प्रिमियर लीग यही माघ १७ गतेदेखि २५ गतेसम्म नारायणगढस्थित क्याम्पाचौरमा संचालन हुदैछ । नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रा.लि.को आयोजना र चितवन क्रिकेट संघको सहआयोजनामा हुन लागेको प्रतियोगितामा पाँच टिम सहभागि छन् । जसमा राप्तीसंगै सौराहा स्याण्ड्स, भरतपुर गुर्खाज, माडी टाइगर्स र इच्छाकामना वारियर्स रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>