चितवन विशेष
सरकारले आफ्नो अनुकूलतामा चितवनमा प्रहरी प्रमुख पठाउछ : प्रचण्ड
०

चितवन माघ १०-
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आफ्नो अनुकूलतामा चितवनमा प्रहरी प्रमुख पठाउने बताएका छन ।
आज भरतपुर विमानस्थलमा दाहालको गृहजिल्ला चितवनमा केही समययता प्रहरी प्रमुखविहीन भएको सन्दर्भमा पत्रकारहरुले सोधेको प्रश्नमा उनले सरकारले आफ्नो अनुकूलतामा प्रहरी प्रमुख पठाउने बताए । प्रहरी नायब उपरीक्षकले राम्रै काम गरिराख्नुभएको भन्दै दाहालले प्रश्न गरे, “यहाँ सुरक्षा खतरा पैदा भएको छ र ? मलाई त केही भएजस्तो लागेको छैन ।” प्रहरी प्रमुख को आउने भन्ने कुरा सरकारले नै भन्ने उनले भने । दाहाल नवलपरासीमा हुने दुई कार्यक्रममा सहभागी हुन हवाईमार्ग हुँदै यहाँ आएका हुन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























