इच्छकामना

सुख्खा पहिरो हटाईयो, नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा

Banner

चितवन, माघ ८–

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा आएको छ । मंगलबार राती खसेको सुख्खा पहिरो विहान २ः४५ बजेको समयमा हटाईएपछि बाटो विहानदेखि नै दुईतर्फी संचालनमा आएको हो ।

इच्छाकामना गाउँपालिका–६ तुइन खोला (३ नम्बर पुल नजिकै) मा मंगलबार राती ९ः३० बजेको समयमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो । सडकमा करिव ४०/५० मिटर पहिरो खसेको थियो । बाटो खुलाउन ३ वटा जेसिबी प्रयोग गरिएको थियो । बाटो दुईतर्फी संचालनमा आए पनि रातभरको जामले गाडी अझै लाइनमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>