इच्छकामना
नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्यो, दुईतर्फी बाटो अवरुद्ध
०

चितवन, माघ ७–
नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी बाटो अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–६ तुइन खोला (३ नम्बर पुल नजिकै) मा आज (मंगलबार) राती ९ः३० बजेको समयमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । सडकमा करिव ४०÷५० मिटर पहिरो खसेकोले अबरुद्ध बाटो खुलाउन करिव ६ घण्टा लाग्ने जनाईएको छ ।
बाटो खुलाउन ३ वटा जेसिबी प्रयोग गरिएको छ । अहिले बाटो खुलाउने प्रयास भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























