मकवानपुर

सरकारले वृद्धभत्ता पाँच हजार पुर्‍याउँछः मुख्यमन्त्री पौडेल

Banner

हेटौंडा,माघ ७-

देशभरि सञ्चालन भइरहेका वृद्धाश्रम र दिवासेवा केन्द्रको बृहत् कार्यशाला गोष्ठी हेटौँडामा शुरु भएको छ । वृद्धाश्रम तथा दिवासेवा केन्द्रको छाता सङ्गठन राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको आयोजनामा भएको गोष्ठीको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै वृद्धाश्रमको नाममा जथाभावी पसलझै आश्रम सञ्चालन हुन नहुने धारणा राख्नुभयो ।

देशभरका ७७ जिल्लाका ४०० प्रतिनिधि सहभागी कार्यक्रममा उहाँले निश्चित अवस्थामा बाहेक आश्रम सञ्चालन गरिनु आवश्यक नरहेको र सञ्चालित आश्रमले आश्रित वृद्धवद्धालाई आफ्नै घरमा पुनः स्थापित गराउन पहल गनुपर्ने बताउनुभयो । घरबारविहीन, बेसहारा र असहायहरुका लागि एक जिल्लामा बढीमा एउटा तर व्यवस्थित आश्रम सञ्चालन गरिनुपर्ने उहाँको तर्क थियो । “कोठामा थुन्ने र सिट्ठी फुकेपछि दौडेर खाना खान जाने अनि फेरि कोठामै थन्क्याइने वृद्धाश्रमले वृद्धवृद्धाको वास्तविक हित गर्न सक्दैन”, उहाँले भन्नुभयो । उहाँले सरकारले आफ्नो कार्यकालसम्म वृद्धभत्ता रु पाँच हजार पु¥याउने दाबी गर्नुभयो ।

मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले ज्येष्ठ नागरिक विगतका सिर्जनशीलताका मुहान भएको बताउनुभयो । वर्तमानमा उनीहरुको अनुभव र ज्ञानलाई समाजमा थप सिर्जनशील भएर अगाडि बढाउनुपर्ने उहाँको धारणा थियो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्याम बस्नेतले ज्येष्ठ नागरिक भनेको सबै कुराको परिपक्वताको प्रत्यक्ष उदाहरण भएको बताउनुभयो । “जीवनमा पढेको, परेको, गरेको, भागेको त्यसको सामना गर्दै जीवनको उत्तरार्धमा आइपुग्दा ज्येष्ठ नागरिक स्वयम्मा एउटा सुसंस्कृत समाज निर्माण गर्न एउटा ठूलो ज्ञानथलो बनेको हुन्छ”, उहाँले भन्नुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै पूर्वसचिव कृष्णहरि बाँस्कोटाले सन् २०५० सम्ममा विश्वमा बालबालिकाको भन्दा ज्येष्ठ नागरिकको सङ्ख्या बढी हुने बताउनुभयो । उहाँले सरकारले सबै ज्येष्ठ नागरिकलाई एकै कोटीमा नराखी उमेर समूहका आधारमा वर्गीकरण गरेर सेवासुविधा वितरण गर्नुपर्ने धारणा राख्नुभयो । पूर्वसचिव बाँस्कोटाले ज्येष्ठ नागरिकका लागि छुट्टै ज्येष्ठ नागरिक अस्पताल निर्माण गरिनुपर्ने, ज्येष्ठ नागरिकलाई हर क्षेत्रमा छुटको व्यवस्था गरिनुपर्ने, ६० वर्ष कटेकालाई बैंकहरुले ऋण उपलब्ध नगराउने प्रचलन सच्याउनुपर्ने, हरेक वडामा मनोरञ्जन र योग केन्द्र सञ्चालन गरिनुपर्ने, कूल बजेटको कम्तीमा पाँच प्रतिशत बजेट ज्येष्ठ नागरिकका लागि विनियोजन गरिनुपर्ने आदि प्रावधानलाई लागू गरिनुपर्ने बताउनुभयो ।

महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिक समाजका अमूल्य निधि भएको यथार्थ हरेक नागरिकले बुझ्नुपर्ने बताउनुभयो । महासङ्घका महासचिव छत्रबहादुर प्रधानले नेपालमा थुपै्र ज्येष्ठ नागरिकले मानसिक तथा शारीरिक समस्या झेल्नु परिरहेकाले त्यसको अन्त्य गरी ज्येष्ठ नागरिकमैत्री सुसंस्कृत समाज निर्माणका लागि पहल गर्न राष्ट्रव्यापी कार्यशाला आयोजना गरिएको बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>