चितवन विशेष

मेयर कप फुटबलः गौरीगन्ज, सनराइज, भानु र लक्ष्मी नकआउटमा

Banner

चितवन, जेठ ८
भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज तीन खेल सम्पन्न भएको छ ।

पटिहानीमा भएको समूह ए को खेलमा गौरीगन्ज विजयी भयो । उसले स्टेप बाइ स्टेपलाई २-१ ले हरायो । उसको जितमा सन्देश सुनारले २७ औं मिनेटमा गोल गरे। स्टेप बाइ स्टेपले एक उपहार गोल दियो । स्टेप बाइ स्टेपका स्पन्दन रानाले ५९ औं मिनेटमा गोल गरे पनि हार टार्न सकेनन् । गौरीगन्जका सन्देश सुनार म्यान अफ दि म्याच भए ।

यो जितपछि गौरीगन्ज तीन खेलबाट ७ अंंकसहित समूह ए को विजेताको रुपमा नकआउटमा प्रवेश गरेको छ । स्टेप बाइ स्टेप भने बाहिरिएको छ । यहि समूहबाट ओम शान्तिले पनि समान खेलमा ५ अंंकसहित नकआउटमा स्थान बनाएको छ । बखान मिनि रंगशाला शारदानगरमा भएको खेलमा आदिकवि भानु माविले सिद्धार्थ माविलाई ५-० ले पराजित गरेको छ । यो जितसँँगै भानु मावि समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ ।

उसको जितमा विजेश परियारले ह्याट्रिक गरे । उनले खेलको २२ औं, ३२ औं र ५७ औं मिनेटमा गोल गरे । साहिल विकले २७ औं तथा समिर राईले ४५ औं मिनेटमा गोल गरेपछि भानु मावु समूह बनेको हो । ह्याट्रिक गरेका विजेश म्यान अफ दि म्याच भए । कृष्णपुरको मैदानमा भएको समूह सी को खेलमा विश्व प्रकाश मावि विजयी भएको छ । उसले लक्ष्मी माविलाई ३-२ ले हरायो । उसको जितमा लक्की गायकले चौथो र पहिलो हाफको अतिरिक्त समयमा तथा साहिल कपरियारले २५ औं मिनेटमा गोल गरे ।

लक्ष्मी माविले दोस्रो हाफमा दुई गोल फर्काए पनि हार टार्न पर्याप्त भएन । असिम गुरुङले ४८ औं तथा सुरेश घलेले खेलको अतिरिक्त समयमा गोल गरे । विश्व प्रकाशका लक्की गायक म्यान अफ दि म्याच भए । यो जितपछि विश्व प्रकाश समूह विजेता बन्दै नकआउटमा प्रवेश गरेको छ । उसको तीन खेलमा ९ अंंक भएको छ । हारका बाबजुत पनि लक्ष्मी मावि समूह उपविजेताको रुपमा नकआउटमा स्थान बनाउन सफल भएको छ । उसको तीन खेलमा ६ अंंक छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>