समाज
काठमाडौंमा प्रहरीकै गाडीमा ट्राफिकको ‘ह्लिल लक’
०

काठमाडौँ,माघ ५-
जथाभावी पार्किङ गरेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले सोमबार प्रहरीकै गाडीमा ‘ह्लिल लक’ लगाएको छ। प्रहरीको ना १ झ १४२५ नम्बरको गाडी अनामनगरमा निषेधित क्षेत्रमा पार्किङ भइरहेको भेटिएपछि कारबाही स्वरुप ह्लिल लक लगाइएको महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।
श्रेष्ठले ट्राफिक नियम सबैलाई बराबर लागु हुने भन्दै गाडीका चालकलाई कारबाही हुने बताए। यसअघि महाशाखाको टोलीले जथाभावी पार्किङ गरेको भन्दै गृह मन्त्रालयकै एक सहसचिवको गाडीमा पनि ह्लिल लक लगाएर कारबाही गरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























