खैरहनी

खिचरा महोत्सवः आजका सबै कार्यक्रम यथावत, युवाका ढुकढुकी स्वप्न सुमनले पनि प्रस्तुती दिने

Banner

चितवन, माघ ४–

पूर्वीचितवनको खैरहनी–५ गौचरनमा जारी सातौं खिचरा महोत्सव हिजो एक दिनका लागि स्थगित भए पनि आजबाट सबै कार्यक्रम यथावत हुने भएको छ ।

बिहीबार दिउँसोदेखि नै लगातार वर्षा भएपछि महोत्सव एक दिनका लागि शुक्रबार स्थगित गरिएको थियो । तर आजबाट मौसममा सुधार आएपछि आजबाटका सबै कार्यक्रम यथावत रहने थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ का अध्यक्ष एवंम महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए ।

महोत्सवमा हिजो हुन नसकेको युवाहरुको ढुकढुकी गायक स्वप्न सुमनको प्रस्तुती आज रहने साँस्कृतिक कार्यक्रमका संयाजक जयस चौधरीले जानकारी दिए । उनले यससंगै आजको सबै साँस्कृतिक कार्यक्रम समेत यथावत रहने जानकारी दिए ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं।७ को आयोजनामा भइरहेको महोत्सव माघ ८ गतेसम्म गौचरनमा चल्ने छ । थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा प्रत्येक वर्षदेखि ‘खिचरा महोत्सव’ आयोजना हुँदै आइरहेको छ । महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा सहितको साँस्कृतिक कार्यक्रमलाई जोड दिइएको छ ।

महोत्सवमा यसवर्ष १५० वटा स्टल रहेका छन् । जसमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु समेत रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>