खैरहनी

खिचरा महोत्सवः आजका सबै कार्यक्रम यथावत, युवाका ढुकढुकी स्वप्न सुमनले पनि प्रस्तुती दिने

०
Banner

चितवन, माघ ४–

पूर्वीचितवनको खैरहनी–५ गौचरनमा जारी सातौं खिचरा महोत्सव हिजो एक दिनका लागि स्थगित भए पनि आजबाट सबै कार्यक्रम यथावत हुने भएको छ ।

बिहीबार दिउँसोदेखि नै लगातार वर्षा भएपछि महोत्सव एक दिनका लागि शुक्रबार स्थगित गरिएको थियो । तर आजबाट मौसममा सुधार आएपछि आजबाटका सबै कार्यक्रम यथावत रहने थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ का अध्यक्ष एवंम महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए ।

महोत्सवमा हिजो हुन नसकेको युवाहरुको ढुकढुकी गायक स्वप्न सुमनको प्रस्तुती आज रहने साँस्कृतिक कार्यक्रमका संयाजक जयस चौधरीले जानकारी दिए । उनले यससंगै आजको सबै साँस्कृतिक कार्यक्रम समेत यथावत रहने जानकारी दिए ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं।७ को आयोजनामा भइरहेको महोत्सव माघ ८ गतेसम्म गौचरनमा चल्ने छ । थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा प्रत्येक वर्षदेखि ‘खिचरा महोत्सव’ आयोजना हुँदै आइरहेको छ । महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा सहितको साँस्कृतिक कार्यक्रमलाई जोड दिइएको छ ।

महोत्सवमा यसवर्ष १५० वटा स्टल रहेका छन् । जसमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु समेत रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>