खैरहनी

खिचरा महोत्सवमा अहिलेसम्मकै धेरै दर्शक

Banner

चितवन, माघ १-

माघी (खिचरा) पर्वको अवसरमा पूर्वीचितवनको खैरहनीमा जारी ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत बुधबार चौथो दिन अहिलेसम्मकै धेरै दर्शकहरु उपस्थित भएका छन् ।

बुधबार माघी पर्व परेकाले पनि महोत्सवमा दर्शकहरुको निकै भीड लागेको थियो । चर्चित कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । खैरहनी–५ गौचरनमा जारी महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तरगत बुधबार चर्चित थारु गायक मनोज महतोले प्रस्तुती दिएका छन् । उनले थुप्रै थारु गीत र नेपाली गीतबाट दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । दर्शकको छेउमै पुगेर गीत गाउँदा दर्शकहरुले खुबै हुटिङ गरेका थिए ।

यस्तै सामाजिक सञ्जालबाट भाइरल भएकी बाल गायिका कमला घिमिरेको पनि बेजोड प्रस्तुती रहेको थियो । थारु पोषाकमै स्टेज चढेकी कमलाको प्रस्तुतीले दर्शकहरुबाट ताली र हुटिङको वर्षात भएको थियो । कमलासंग चितवनका गायक जिवी सुनारले दोहोरी गीत प्रस्तुत गरेका थिए ।

यसैगरी भोजपुरी गायक सुनिल पण्डितले समेत महोत्सवलाई झनै भव्य बनाएका थिए । उनको थुप्रै भोजपुरी गीतमा दर्शकहरु नाचेका थिए । चितवनका युवा लोकदोहोरी गायक जिवी सुनारलगायतले सांगीतिक प्रस्तुती दिएका थिए । यस्तै आज थारु साँस्कृतिक नृत्य, अन्य विभिन्न नृत्यहरु र फेशन शो समेत गरिएको साँस्कृतिक कार्यक्रम संयोजक जयस चौधरीले जानकारी दिए ।

महोत्सव अन्तरगत आज (बिहीबार) चर्चित गायिका तथा मोडेल ज्योति मगर, राजन अर्याल, स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको साँस्कृतिक समितिका संयोजक चौधरीले जानकारी दिए ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ को आयोजनामा भइरहेको महोत्सव माघ ८ गतेसम्म गौचरनमा चल्ने छ । थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा प्रत्येक वर्षदेखि ‘खिचरा महोत्सव’ आयोजना हुँदै आइरहेको छ । महोत्सवले खिचरा पर्वको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले बताए ।

महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा सहितको साँस्कृतिक कार्यक्रमलाई जोड दिइएको छ । महोत्सवमा यसवर्ष १५० वटा स्टल रहेका छन् । जसमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु समेत रहने आयोजकले जनाएको छ ।

यस्तै महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, अन्तर विद्यालयस्तरीय चित्रकला, हाजिरी जवाफ प्रतियोगिता, ४० वर्ष माथिका पुरुषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटोरसेल्फी फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता रहने आयोजकले जनाएको छ । यसवर्ष पनि महोत्सवमा प्रवेशका लागि विगतका वर्ष जस्तै ५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ कायम गरिएको छ । चितवनका थारु समुदायले माघ १ गते खिचरा पर्व मनाउने गरेका छन् । यही अवसरमा विगत सात वर्षदेखि महोत्सव आयोजना हुँदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>