खैरहनी

चितवनमा खिचरा पर्वको रौनक, खिचरा महोत्सवमा प्रकाश सपुतले झुमाए दर्शक

Banner

चितवन, पुस २९–

माघी (खिचरा) पर्वको अवसरमा पूर्वीचितवनको खैरहनीमा आयोजित ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत आज तेस्रो दिन पनि दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ । महोत्सवमा आज पनि कलाकारहरुको प्रस्तुतीले दर्शकहरु झुमेका थिए ।

खैरहनी–५ गौचरनमा जारी महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तरगत आज चर्चित गायक प्रकाश सपुतले प्रस्तुती दिएका छन् । उनको प्रस्तुीले दर्शकहरु झुमेका थिए । उनले गलबन्दी च्यातियो, बोल मायालगायतका थुप्रै गीत गाएका थिए । यस्तै चितवनकी चेली नेपाल लोकस्टारमा टप ९ मा पुग्न सफल भएकी मुना अर्यालले पनि आफ्नो प्रस्तुती दिएकी थिइन् । यस्तै स्थानीय कलाकाहरुको साँस्कृतिक प्रस्तुती रहेको थियो भने थारु समुदायको नृत्य समेत प्रस्तुत गरिएको थियो । आजको साँस्कृतिक कार्यक्रमलाई पूर्व मिस इन्टरनेशनल नेपाल वर्षा लेखीले संचालन गरेकी थिइन् ।

महोत्सव अन्तरगत भोलि (बुधबार) चर्चित गायक मनोज महतो, सुनिल पण्डित, बाल गायिका कमला घिमिरे, लोकदोहोरी गायक जिवी सुनारलगायतको प्रस्तुती रहेको साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ को आयोजनामा भइरहेको महोत्सव माघ ८ गतेसम्म गौचरनमा चल्ने छ । थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा प्रत्येक वर्षदेखि ‘खिचरा महोत्सव’ आयोजना हुँदै आइरहेको छ । महोत्सवले खिचरा पर्वको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले बताए ।

महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा सहितको साँस्कृतिक कार्यक्रमलाई जोड दिइएको छ । महोत्सवमा यसवर्ष १५० वटा स्टल रहेका छन् । जसमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु समेत रहने आयोजकले जनाएको छ ।

यस्तै महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, अन्तर विद्यालयस्तरीय चित्रकला, हाजिरी जवाफ प्रतियोगिता, ४० वर्ष माथिका पुरुषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटोरसेल्फी फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता रहने आयोजकले जनाएको छ । यसवर्ष पनि महोत्सवमा प्रवेशका लागि विगतका वर्ष जस्तै ५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ कायम गरिएको छ । चितवनका थारु समुदायले माघ १ गते खिचरा पर्व मनाउने गरेका छन् । यही अवसरमा विगत सात वर्षदेखि महोत्सव आयोजना हुँदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>