खैरहनी

उत्प्रेरणाद्वारा पत्रकार खनाल र समाजसेवी गजुरेललाई सम्मान

Banner

चितवन, पुस २८–

खैरहनी नगरपालिकामा रहेको उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्थाले खैरहनीका समाजसेवी मुरली प्रसाद गजुरेल र पत्रकार धु्रवराज खनाललाई सम्मान गरेको छ ।

संस्थाले आफ्नो सातौँ वार्षिक साधारण सभाको अवसरमा आज (सोमबार) गजुरेल र खनाललाई सम्मान गरेको हो । साथै पूर्व सहकारी निरीक्षक मिष्टरबाबु घिमिरेलाई पनि सम्मान गरिएको छ । सामाजिक, शैक्षिक र सहकारीका क्षेत्रमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै उनीहरुलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा कर्जा तर्फ उत्कृष्ट कारोबार गर्ने तीन जना र निक्षेप तर्फ उत्कृष्ट कारोबार गर्ने तीन जनालाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि खैरहनी ८ का वडाध्यक्ष टेकबहादुर थापा र संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष अधिकारीले भावी कार्यक्रम तथा व्यवस्थापक सुजाता खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>