खैरहनी

खिचरा डान्स आइडलमा १२ प्रतियोगी तेस्रो चरणमा प्रवेश

Banner

चितवन, पुस २८–

पूर्वीचितवनको खैरहनीमा जारी सातौं खिचरा महोत्सव–२०७६ अन्तरगत भइरहेको ‘खिचरा डान्स आइडल’ मा १२ जना प्रतियोगी तेस्रो चरणमा प्रवेश गरेको छ ।

खिचरा महोत्सवमा आज (सोमबार) भएको प्रतिस्र्धामा ८ जना प्रतियोगीलाई पछि पार्दै १२ जना तेस्रो चरणमा प्रवेश गरेको हो । छनौट हुनेहरुमा रविना श्रेष्ठ, खुशी सुवेदी, एके ४७ ग्रुप, आशिष चौधरी, मञ्जिता आले, जेनिशा प्रजा रहेका छन् । यस्तै मनिका तामाङ, दिपिका चौधरी, स्मृती भण्डारी, सारिका पुन, दर्शना गान्धारी र अभिषेक चौधरी रहेका छन् ।

छनौट भएका १२ जनाबीच प्रतियोगीको माघ २ गते महोत्सवमा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक हरिशरण चौधरीले जानकारी दिए । सो प्रतिस्पर्धाबाट अन्तिम पाँच जना छनौट गरिने छ । माघ ४ गते हुने पाँच जना प्रतिस्पर्धा पश्चात ती प्रतियोगीहरुको भोटिङ सुरु हुनेछ । भोटिङकै आधारमा विजेता छनौट हुने संयोजक चौधरीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>