खैरहनी

खिचरा डान्स आइडलमा १२ प्रतियोगी तेस्रो चरणमा प्रवेश

०
Banner

चितवन, पुस २८–

पूर्वीचितवनको खैरहनीमा जारी सातौं खिचरा महोत्सव–२०७६ अन्तरगत भइरहेको ‘खिचरा डान्स आइडल’ मा १२ जना प्रतियोगी तेस्रो चरणमा प्रवेश गरेको छ ।

खिचरा महोत्सवमा आज (सोमबार) भएको प्रतिस्र्धामा ८ जना प्रतियोगीलाई पछि पार्दै १२ जना तेस्रो चरणमा प्रवेश गरेको हो । छनौट हुनेहरुमा रविना श्रेष्ठ, खुशी सुवेदी, एके ४७ ग्रुप, आशिष चौधरी, मञ्जिता आले, जेनिशा प्रजा रहेका छन् । यस्तै मनिका तामाङ, दिपिका चौधरी, स्मृती भण्डारी, सारिका पुन, दर्शना गान्धारी र अभिषेक चौधरी रहेका छन् ।

छनौट भएका १२ जनाबीच प्रतियोगीको माघ २ गते महोत्सवमा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक हरिशरण चौधरीले जानकारी दिए । सो प्रतिस्पर्धाबाट अन्तिम पाँच जना छनौट गरिने छ । माघ ४ गते हुने पाँच जना प्रतिस्पर्धा पश्चात ती प्रतियोगीहरुको भोटिङ सुरु हुनेछ । भोटिङकै आधारमा विजेता छनौट हुने संयोजक चौधरीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>