खैरहनी
खिचरा महोत्सवमा पत्रकार जोशीसहित पाँच जना सम्मानित
०

चितवन, पुस २७–
सातौं खिचरा महोत्सवले विभिन्न क्षेत्रमा योगदान दिने पाँच जनालाई सम्मान गरेको छ ।
महोत्सवले आज समुद्घाटन सत्रको दिन पत्रकारिता क्षेत्रतर्फ चितवनको पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशिल वीवीसी नेपाली सेवा एवंम नेपाल टेलिभिजनका संवाददाता इश्वर जोशी नगदसहित सम्मान गरेको छ ।
यस्तै चितवनको थारु समुदायबाट चिकित्सा शास्त्रमा स्नातक तह उत्तीर्ण गरेका खैरहनी नगरपालिका–९ बैरहनीका डा.सचिन चौधरी, माडी निवासी हाल भरतपुर ११ की डा.कृति महतो, भरतपुर २ निवासी डा.प्रितम चौधरी र एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल खैरहनी १० कठारकी सन्ध्या चौधरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधान मन्त्री तथा नेपाली काँग्रेसका उपसभापति विजय कुमार गच्छदारले सम्मान पत्र प्रदान गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























