चितवन विशेष

रत्ननगर महोत्सवको दोस्रो दिन: अशोक र टंकको प्रस्तुतिमा दर्शकको हुटिङ

Banner

चितवन, पुस २६-

पूर्वीचितवनको टिकौली चौरमा शुक्रबारदेखि सञ्चालन भएको १०औँ रत्ननगर महोत्सवको सांस्कृतिक कार्यक्रममा बाल गायक अशोक दर्जी र संगीतकार टंक बुढाथोकीले प्रस्तुति दिएका छन् । चिस्सिदै गएको मौसममा बाल गायक अशोक र संगीतकार बुढाथोकीले गाउँदा माहौल तातेको थियो ।

‘मन बिनाको धन ठूलोकी धन बिनाको मन’ बोलको गीत गाएर चर्चामा आएका दर्जीले महोत्सवको स्टेजमा उनले आफ्नो कला प्रस्तुत गरेका हुन् । उनले संगीतकार टंक बुढाथोकीसँगै एक दर्जनभन्दा बढी गीत गाएका छन् । मन बिनाको धन ठूलोकी धन बिनाको मन, जति धर्म गरे पनि दिनका दिन सकिदैँन बा आमाको तिर्न ऋण बोलको गीतले दर्शकलाई भाबुक बनायो । उनको गुन्जाईले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो । एक दर्जन गीत गाउँदा उनीहरुले मन बिनाको धन ठूलो कि धन बिनाको मन र जति धर्म गरे पनि बोलको गीतमा दर्शकको हुटिङसँगै वान्स मोर पाएका थिए ।

सामाजिक सञ्जालमा भाइरल बनेका दर्जीको गीतले महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, महासचिव निराजन खनाल, कलाकार व्यवस्थापन समितिका संयोजक दीपककुमार कर्माचार्यसहितका उपस्थित दर्शक दीर्घामा रहेका व्यक्तिलाई मोहित पारेको थियो । महोत्सवको दोस्रो दिन शनिबार अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । शनिबार परेकाले दर्शकले महोत्सव परिसर भरिएको थियो । महोत्सवअन्तर्गत शनिबार विषादी न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । रत्ननगर महोत्सवको समन्वयमा कृषि ज्ञान केन्द्र भरतपुरले गरेको कार्यक्रममा विषादी न्यूनीकरणको लागि भएका प्रयास र गर्नुपर्ने कामहरुको विषयमा छलफल भएको कृषि प्रवद्र्धन समितिका संयोजक ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा आकर्षणको रुपमा जीपलाइन र सेल्फी डाँडो रहेका छन् । महोत्सव स्थलमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ बिजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर रहेको महोत्सव मूल संयोजक राजाराम रेग्मीले जानकारी दिए । महोत्सवलाई सुरक्षित बनाउनका लागि सीसीटीभी क्यामेराबाट निगरानी गरिनुका साथै पाँच करोड रुपैयाँ बराबरको बिमा समेत गरिएको रेग्मीले बताए । स्वदेशी तथा विदेशी गरी महोत्सवमा ५२१ वटा स्टल रहेको छ भने महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तथा अशक्त र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यस्था गरिएको रेग्मीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>