क्रिकेट
क्यानले बोलायो २४ खेलाडीलाई बन्द प्रशिक्षणमा
०

काठमाडौं, पुस २५–
काठमाडौंमा हुन लागेको आइसीसी वल्र्ड क्रिकेट लीग २ अन्तरगतको त्रिदेशीय प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानका सचिव अशोकनाथ प्याकुर्यालद्धारा जारी विज्ञप्तीमा पहिलो चरणका लागि २४ खेलाडीको नाम सार्वजनिक गरेको हो ।
क्यानले पहिलो पटक युवा खेलाडी लोकेश बमलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ । बन्द प्रशिक्षणमा परेका खेलाडीहरुमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अविनास बोहरा, विनोद भण्डारी, करण केसी, कुशल भुर्तेल, ललित नारायण राजवंशी, पारस खड्का, पवन सर्राफ, कमल सिंह ऐरी, रोहित कुमार पौडेल, सोमपाल कामी, सन्दीप जोरा, सुशन भारी, शरद भेषवाकर, सन्दीप लामिछाने, सुभाष खकुरेल, सुनिल धमला, कुशल मल्ल, बसन्त रेग्मी, किशोर महतो, लोकश बम र सुमित महर्जन रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























