क्रिकेट

तीव्र गतिका बलर सोमपाल कामी चितवन टाइगर्सबाट खेल्ने

०
Banner

चितवन, पुस २५–

नेपालकै ठूलो फ्रेन्चाईज लीग एभरेष्ट प्रिमियर लीग (इपीएल) को यस वर्षको संस्करणमा नेपालका तीव्र गतिका बलर सोमपाल कामी चितवन टाइगर्सबाट खेल्ने भएका छन् ।

युवा अलराउण्डरको रुपमा चिनिएका सोमपाल अब चितवनलाई अघि बढाउने छन् । इपीएलले दिएको समयसीममा उनी चितवनमा ट्रेड भएका हुन् । सोमपाल यसअघि काठमाडौं किंग्स–११ बाट इपीएल खेलेका थिए ।

सोमपाल घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । उनी बलिङबाट मात्र नभई व्याटिङबाट पनि महत्वपूर्ण योगदान दिन सक्ने खेलाडी हुन् । सोमपाल आइसीसीको टि–२० को अलराउण्डर बरियतामा ६७औं स्थानमा छन् । सोमपालको आगमनले चितवन बलियो टोली बन्ने अड्कल काटिएको छ ।

सोमपालको प्रदर्शन हेर्न यहाँ क्लिक गर्नुहोस्

गुल्मीमा जन्मिएका २३ वर्षीय सोमपाल नेपालबाट एकदिवसीय, टि–ट्वान्टी, फस्ट क्लास र लिस्ट ‘ए’ खेल खेलेका छन् । सोमपाल नेपालबाट मात्र नभई विदेशी फ्रेन्चाईज लीगमा समेत खेलि सकेका छन् । उनी क्यानडाको ग्लोबल टि–ट्वान्टीमा विन्नीपेग हक्सबाट खेलेका थिए ।

सोमपालले २८ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २६ विकेट लिएका छन् भने ६ एकदिवसीय खेलमा १३ विकेट लिएका छन् ।

यस्तै व्याटिङमा सोमपालले २८ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १९८ रन बनाएका छन् भने ६ एकदिवसीय खेलमा १४६ रन जोडेका छन् ।

सोमपालको आगमनसंगै चितवन टाइगर्स अझै बलियो बनेको छ । यसअघिको संस्करणमा चितवनबाट आयरल्याण्डका पाउल स्र्टिलिङ, इङल्याण्डका जोन सिम्पसोन र जर्ज स्कट खेलेका थिए । यसपटक चितवन टाइगर्सले अझै विश्वस्तरमा नाम चलेका खेलाडी भित्र्याउन लागेको छ । गतवर्ष चितवन टाइगर्स इलिमेटरमा पुगेको थियो ।

यता चितवनबाट दीपेन्द्र सिंह ऐरी काठमाडौं पुगेका छन् । चितवनले दीपेन्द्रलाई पठाएर सोमपाललाई भित्र्याएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>