क्रिकेट

तीव्र गतिका बलर सोमपाल कामी चितवन टाइगर्सबाट खेल्ने

Banner

चितवन, पुस २५–

नेपालकै ठूलो फ्रेन्चाईज लीग एभरेष्ट प्रिमियर लीग (इपीएल) को यस वर्षको संस्करणमा नेपालका तीव्र गतिका बलर सोमपाल कामी चितवन टाइगर्सबाट खेल्ने भएका छन् ।

युवा अलराउण्डरको रुपमा चिनिएका सोमपाल अब चितवनलाई अघि बढाउने छन् । इपीएलले दिएको समयसीममा उनी चितवनमा ट्रेड भएका हुन् । सोमपाल यसअघि काठमाडौं किंग्स–११ बाट इपीएल खेलेका थिए ।

सोमपाल घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । उनी बलिङबाट मात्र नभई व्याटिङबाट पनि महत्वपूर्ण योगदान दिन सक्ने खेलाडी हुन् । सोमपाल आइसीसीको टि–२० को अलराउण्डर बरियतामा ६७औं स्थानमा छन् । सोमपालको आगमनले चितवन बलियो टोली बन्ने अड्कल काटिएको छ ।

सोमपालको प्रदर्शन हेर्न यहाँ क्लिक गर्नुहोस्

गुल्मीमा जन्मिएका २३ वर्षीय सोमपाल नेपालबाट एकदिवसीय, टि–ट्वान्टी, फस्ट क्लास र लिस्ट ‘ए’ खेल खेलेका छन् । सोमपाल नेपालबाट मात्र नभई विदेशी फ्रेन्चाईज लीगमा समेत खेलि सकेका छन् । उनी क्यानडाको ग्लोबल टि–ट्वान्टीमा विन्नीपेग हक्सबाट खेलेका थिए ।

सोमपालले २८ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २६ विकेट लिएका छन् भने ६ एकदिवसीय खेलमा १३ विकेट लिएका छन् ।

यस्तै व्याटिङमा सोमपालले २८ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १९८ रन बनाएका छन् भने ६ एकदिवसीय खेलमा १४६ रन जोडेका छन् ।

सोमपालको आगमनसंगै चितवन टाइगर्स अझै बलियो बनेको छ । यसअघिको संस्करणमा चितवनबाट आयरल्याण्डका पाउल स्र्टिलिङ, इङल्याण्डका जोन सिम्पसोन र जर्ज स्कट खेलेका थिए । यसपटक चितवन टाइगर्सले अझै विश्वस्तरमा नाम चलेका खेलाडी भित्र्याउन लागेको छ । गतवर्ष चितवन टाइगर्स इलिमेटरमा पुगेको थियो ।

यता चितवनबाट दीपेन्द्र सिंह ऐरी काठमाडौं पुगेका छन् । चितवनले दीपेन्द्रलाई पठाएर सोमपाललाई भित्र्याएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>