चितवन विशेष

ट्याङकरको ठक्करबाट चितवनमा एकको मृत्यु,एक गम्भिर घाइते

Banner

चितवन,पुस २४-

चितवनमा ट्याङकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज साँझ ५ः२० मा भएको दुर्घटनामा एकको मृत्यु र एक घाइते भएका हुन् । पूर्वी चितवनको राप्ती नगरपालिका ६ हर्दीमा पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नं. ३/०२००५ प ४३४७ नम्वरको मोटरसाइकललाई सोही दिशावाट आउँदै गरेको ना ७ ख ४६६० नम्वरको ट्याङकरले ठक्कर दिएको हो ।

ठक्करबाट घाइते मोटरसाइकल चालक गोरखा भिमसेन थापा गाँउपालिका ४ का ३५ बर्षिय इन्द्र बहादुर तामाङको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाईकल पछाडि सवार सोही ठाँउका २५ बर्षिय सुगम तामाङ गम्भिर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तस्वीरः ध्रुवराज खनाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>