खैरहनी

लियो काउन्सील मिटिङ शुक्रबारदेखि खैरहनीमा

Banner

चितवन, पुस २४–

लियो जिल्ला परिषद् ३२५ बी टु को दोस्रो परिषद् बैठक (काउन्सील मिटिङ) चितवनको खैरहनीमा हुँदैछ । भोलि (शुक्रबार) र शनिबार खैरहनी पार्टी प्यालेसमा काउन्सील मिटिङ हुन लागेको कार्यक्रम संयोजक लियो अतिश कुमार लामिछानेले जानकारी दिए ।

कार्यक्रमको व्यवस्थापको सबै काम पुरा भइसकेको लामिछानेले बताए । रिजन ५ को सहसंयोजनमा एरिया २ ले आयोजना गर्न लागेको परिषद् बैठकलाई भव्य बनाइने आयोजकले जनाएको छ । कार्यक्रममा चितवनसंगै वीरगञ्ज, हेटौंडा, काठमाडौं, बुटवल, भैरहवा, नेपालगञ्ज, महेन्द्रनगरलगायतका स्थानबाट करिव पाँच सय जनाको लियो सदस्यहरुको सहभागिता रहने छ ।

परिषद् बैठकको अवसरमा वक्तृत्वकला तथा हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिने लियो पुरुषोत्तम सुवेदीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>