चितवन विशेष

आधारभुत विद्यालयलाई महालक्ष्मी विकास बैंकको पुस्तक र्‍याक

०
Banner

चितवन, पुस २४–

महालक्ष्मी विकास बैंक लिमिटेड खुरखुरे शाखाले बहिरा तथा अपाङगता भएका विद्यार्थी अध्ययनरत आधारभुत विद्यालय बजरहट्टीलाई तीन थान पुस्तक र्‍याक प्रदान गरेको छ । राप्ती नगरपालिका–८ खुरखुरेमा रहेको सो विद्यालयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सो पुस्तक र्‍याक प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवंम वडा नं.८ का अध्यक्ष बुद्धिराज थपलिया रहेका थिए । उनले बैंकले गरेको यस सहयोग सह्रानिय रहेको भन्दै यस्तै सहयोग निरन्तर आवश्यक रहेको बताए ।

कार्यक्रममा बैंकका शाखा प्रवन्धक पुष्पराज रिजालले बैंकले गरिरहेको गतिविधिको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक मिठु कुमारी पाठकले मन्तव्य व्यक्त गरेकी थिइन् । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकले यसअघि राप्ती १० कोराकमा रहेको आधारभुत विद्यालयका १०५ जना चेपाङ विद्यार्थीलाई स्वीटर वितरण गरेको थियो भने राप्ती ८ खुरखुरेमा रहेको मन्दिरमा खानेपानी ट्याङकी वितरण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>