चितवन विशेष

आधारभुत विद्यालयलाई महालक्ष्मी विकास बैंकको पुस्तक र्‍याक

Banner

चितवन, पुस २४–

महालक्ष्मी विकास बैंक लिमिटेड खुरखुरे शाखाले बहिरा तथा अपाङगता भएका विद्यार्थी अध्ययनरत आधारभुत विद्यालय बजरहट्टीलाई तीन थान पुस्तक र्‍याक प्रदान गरेको छ । राप्ती नगरपालिका–८ खुरखुरेमा रहेको सो विद्यालयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सो पुस्तक र्‍याक प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवंम वडा नं.८ का अध्यक्ष बुद्धिराज थपलिया रहेका थिए । उनले बैंकले गरेको यस सहयोग सह्रानिय रहेको भन्दै यस्तै सहयोग निरन्तर आवश्यक रहेको बताए ।

कार्यक्रममा बैंकका शाखा प्रवन्धक पुष्पराज रिजालले बैंकले गरिरहेको गतिविधिको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक मिठु कुमारी पाठकले मन्तव्य व्यक्त गरेकी थिइन् । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकले यसअघि राप्ती १० कोराकमा रहेको आधारभुत विद्यालयका १०५ जना चेपाङ विद्यार्थीलाई स्वीटर वितरण गरेको थियो भने राप्ती ८ खुरखुरेमा रहेको मन्दिरमा खानेपानी ट्याङकी वितरण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>