देश/प्रदेश

सुनसरीका पत्रकार प्रधानको निधन

Banner

इनरुवा, पुस १७–

पत्रकार याम प्रधानको निधन भएको छ । मिर्गौला रोगबाट पीडित भई घरमै थलिएका ५२ वर्षीय प्रधानको आज बिहान आफ्नै निवास सुनसरीको इटहरीमा निधन भएको हो । सुनसरीका पुरानो पत्रकारका रूपमा परिचित इटहरीका पत्रकार प्रधान प्रेस स्वतन्त्रता सेनानीसमेत थिए । उनी राष्ट्रय समाचार समिति इटहरीका समाचारदाताको रुपमा कार्यरत थिए ।

सुनसरीमा पत्रकारिताका गुरुसमेत मानिने उनी नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्वसभापति समेत थिए। प्रधानको निधनले नेपाली पत्रकारिता इतिहासमा अपूरणीय क्षति भएको नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अम्मर खड्काले बताए ।

प्रेस युनियनमा समेत आबद्ध प्रधानले लामो समयदेखि घरमै उपचार गराइरहेका थिए । उनको निधनमा नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस सङ्गठनलगायतले दुःख प्रकट गर्दै सामाजिक सञ्जालमार्फत हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

पत्रकार महासङ्घ सुनसरी शाखाले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको अध्यक्ष खड्काले बताए। महासङ्घका अनुसार आज बिहान ९ बजे गङ्गाजमुना मुक्ति घाटमा उनको दाहसंस्कार गरिने छ । प्रधानका एक छोरी र श्रीमती छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>