कर्पोरेट

एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५० प्रतिशत छुट

Banner

काठमाडौं, पुस १५-

एनसेलले नयाँ वर्ष २०२० को जनवरी १ बाट ग्राहकका लागि मासिक डेटा प्याकमा ५० प्रतिशत छुट दिने भएको छ ।

यस योजनाबाट ग्राहकले मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रालिले नयाँ वर्ष २०२० को अवसरमा आकर्षक अफर ल्याएको छ जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जीबी र ६ जीबी मासिक डेटा प्याकको मजा लिन सक्नेछन् ।

यो अफर भोलि बुधबारदेखि लागू भई २४ घण्टाको लागि मान्य रहने छ । एनसेलका ग्राहकले बुधबार बिहान १२ बजेदेखि मध्यरात ११.५९ सम्ममा ५० प्रतिशत छुटमा यी दुई वटा मासिक डेटा प्याक सुचारु गर्न सक्नेछन् । यो योजनाअन्तर्गत ग्राहकले करसहित एक हजार २० दशमलब २४ पर्ने १६ जिबी प्याक करसहित मात्र ५१० दशमलब १२ मा सुचारु गर्न सक्नेछन् । त्यस्तै यही योजनाअन्तर्गत ग्राहकले करसहित ४५३ दशमलब ३० पर्ने मासिक ६ जिबी (३ जिबी+३ जिबी फोरजी डेटा) डेटा प्याक करसहितमात्र २२६ दशमलब ६५ मा सुचारु गर्न सक्नेछन् । ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स ५० ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>