देश/प्रदेश
पार्टी एकीकरणको बाँकी काम पूरा गर्न सबै लाग्नुपर्छ : नेता नेपाल
०

हेटौँडा, पुस १५
नेकपाका वरिष्ठ नेता एवम् पूर्र्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको विधान र विधिलाई कडाइका साथ लागू गर्न कमजोरी हुँदा पार्टी सङ्गठन गर्न समस्या भएको बताएका छन ।
नेकपा हेटौँडा उपमहानगरपालिका कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पार्टी एकीकरणको बाँकी काम पूरा गर्न सबै लाग्नुपर्छ भने । वरिष्ठ नेता नेपालले माक्र्सवादलाइ नेपाल सुहाउँदो ढङ्गले लागू गरी समृद्धि ल्याउनुपर्ने बताए।
सो अवसरमा उनले उपमहानगरपालिकाको १९ वटा वडा कमिटीका ६६५ जना सदस्यलाई पार्टी विधानबमोजिम शपथ गराएका थिए।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी र नामको टुङ्गो लगाएपछि प्रदेशको विकास र समृद्धितर्फ लाग्ने बताए । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























