चितवन विशेष

निःशुल्क पाठेघर र स्तनको चेकजाँच

Banner

चितवन, पुस १५–

विश्वकर्मा सेवा समिति चितवन र विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा अर्बुद रोग (क्यान्सर) सम्बन्धि जनचेतना तथा निःशुल्क पाठेघर र स्तनको चेकजाँच गरिएको छ ।

आफ्ना शेयर सदस्यहरुका लागि गरिएको कार्यक्रममा १०५ जनाको निःशुल्क परीक्षण गरिएको कार्यक्रम संयोजक तारादेवी रसाइलीले जानकारी दिइन् । सो कार्यक्रमको भरतपुर महानगरपालिका कार्यपालिका सदस्य धनकुमारी विश्वकर्माले समुद्घाटन गरेकी थिइन् । सो क्रममा बोल्दै उनले यस कार्यक्रम उदाहरण्ीिय रहेको भन्दै यसले बेलैमा सचेत बन्नु पर्छ भन्ने सन्देश दिएको बताइन् । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं.१ का कार्यपालिका सदस्य गंगादेवी विश्वकर्माले मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रमका सभापति एवंम संस्थाका अध्यक्ष विपेन्द्र रामुदामुले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले निःशुल्क स्वास्थ्य परीक्षणका कार्यक्रम गरिएको बताए । परिवारलाई नै स्वस्थ बनाउन महिलाको नै विशेष भूमिका हुने भएकाले महिलाको स्वास्थ्यलाई विशेष ध्यान दिएर स्वास्थ्य परीक्षण गरिएको उनले बताए । उनले आगामि दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने बताए ।

सो कार्यक्रममा प्रोफेसर डा.रमेश सुब्बाले क्यान्सर रोग बारे सचेतना जगाएका थिए । सो क्रममा वरिष्ठ स्त्री, प्रसुती तथा प्रजनन् रोग विशेषज्ञ डा.मोना श्रेष्ठले विशेष रुपमा चेकजाँच गरेका थिए । यस्तै स्वास्थ्य परीक्षण गर्ने वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको टोलीमा अयोधा पाठक, मञ्जु शर्मा, तारा दवाडी कल्पना न्यौपाने पुगेका थिए । चेकजाँको क्रममा धेरेको पाठेघरको समस्या देखिएको थियो भने दुई जना बिरामीको थप परीक्षणका लागि मासु पठाइएको छ । यस्तै अन्य ८ जनालाई स्तनको भिडियो एक्सरे गर्न पठाईएको आयोजकले जनाएको छ ।

संस्थाका अध्यक्ष विपेन्द्र रामुदामुको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका सचिव रविन्द्र पन्थी, समितिका सचिव विनोद विश्वकर्मा, सचिना बरालीलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>