क्रिकेट
एमएम कप: खकुरेलको कप्तानीमा प्रदेश ३ को टोली घोषणा, चितवनका अधिकारी सहायक प्रशिक्षक

चितवन, पुस १४-
सुनसरीको इनरुवामा हुन लागेको दोस्रो संस्करणको एमएम कप एकदिवसीय प्रतियोगिताका लागि प्रदेश नं.३ को टोली घोषणा गरिएको छ । विकेटकिपर व्याट्सम्यान सुवास खकुरेलको कप्तानीमा प्रदेश ३ को टोली घोषणा गरिएको हो ।
यस्तै चितवनका अनिल अधिकारी प्रदेश ३ टोलीको व्यवस्थापकसंगै सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । सहायक प्रशिक्षक अधिकारी भारतको पञ्जावमा रहेको एनआईएस पटियालाका उत्पादन हुन् । उनलाई राष्टिय खेलकुद परिषद्ले एक वर्ष क्रिकेट प्रशिक्षकका लागि पटियाला पठाएको थियो । उनी पूर्व राष्टिय खेलाडी समेत हुन् ।
यस्तै एमएम कपका लागि घोषित प्रदेश ३ को टोलीमा चितवनबाट चार जना खेलाडी परेका छन् । संघर्ष पौडेल र गौतम केसी १४ सदस्यीय टोलीमा अटाएका छन् भने प्रशान्त महत र उत्सव श्रेष्ठ वैकल्पिक खेलाडीमा परेका छन् ।
यस्तो छ प्रदेश ३ को टोलीः
१.सुवास खकुरेल (कप्तान)
२.इशान पाण्डे
३.आदिल खान
४.रित गौतम
५.सोनु तामाङ
६.जितेन्द्र सिंह ठकुरी
७.राम नरेश गिरी
८.प्रतिश जिसी
९.तिलक भण्डारी
१०.नन्दन यादव
११.संघर्ष पौडेल
१२.गौतम केसी
१३.अभिषेक बस्नेत
१४.राजेश रिमाल
वैकल्पिक खेलाडीहरुः
१.भुपेन्द्र थापा
२.रिजन ढकाल
३.सुवर्ण भटट्
४.प्रशान्त महत
५.उत्सव श्रेष्ठ
६.प्रदीप परियार
टिम प्रशिक्षकः मजरुल आलम
सहायक प्रशिक्षक एवंम टिम व्यवस्थापकः अनिल अधिकारी
























