कर्पोरेट

अंग्रेजी नयाँ वर्षमा भरतपुरको सिजी ल्यान्डमार्कमा विशेष सांगीतिक उत्सव

Banner

चितवन, पुस १४-

चितवनको भरतपुरस्थित अत्याधुनिक एवम् सुविधा सम्पन्न व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा भोलि मंगलबार दिनभर भव्य सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ ।

सिजी ल्यान्डमार्कले अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्या (न्यू इयर इभ) मा आफ्ना ग्राहक, शुभचिन्तकलगायत सम्पूर्ण चितवनबासीलाई मनोरञ्जन दिलाउने उद्देश्यले कार्यक्रम गरेको हो ।

सांगीतिक कार्यक्रममा ‘निरा जहिले रिसाउनी…,’ ‘साली मन पर्‍यो …’ जस्ताचर्चित गीतका गायक, संगीतकार तथा नेपाल आइडलका एक जना निर्णायक कालिप्रसाद बाँस्कोटा र स्थानीय सांगीतिक समूह ट्र्यांगल ब्यान्डको प्रस्तुति रहनेछ । सांगीतिक प्रस्तुतिमा ल्होसार डान्स पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्प्लेक्सको ग्राउन्ड फ्लोरमा दिनभर चल्ने सांगीतिक कार्यक्रमको मज्जा लिनकुनै शुल्क नलाग्ने सिजी ल्यान्डमार्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हालसालै सञ्चालनमा आएको अत्याधुनिक तथा सुविधा सम्पन्न सिजी ल्यान्डमार्कमा विश्वविख्यात अन्तर्राष्ट्रिय ब्रान्डका आउटलेट, फुडकोर्ट, स्विमिङ पुल, अत्याधुनिक सिनेमाहललगायत सुविधा रहेको ल्याण्डमार्कले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>