देश/प्रदेश
सिद्धबाबालाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश
०

मोरङ पुस १४-
सिद्धबाबा अर्थात कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएको छ । बलत्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले सोमबार तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।
न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको श्रेस्तेदार नगेन्द्रकेसरी पोखरेलले जानकारी दिए ।
४ कात्तिकमा महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका कृष्णदास १६ मंसिरमा पक्राउ परेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























