चितवन विशेष

चितवनको सौराहामा न्यु इयर रौनक, होटलमा ८० प्रतिशत बुकिङ

Banner

नारायणी अनलाइन डेस्क

चितवन, पुस १२

अंग्रेजी नयाँ वर्ष नजिकिँदा चितवनको पर्यटकीय गन्तव्यहरुमा घुमघामका लागि पर्यटकहरुको आगमन दर बढेको छ ।

चितवनको सौराहामा ८० प्रतिशतमाथि होटल अक्युपेन्सी कायम रहेको व्यवसायीले बताएका छन् । यो बेला विदेशी घट्ने भएकाले स्वदेशीलाई लक्षित गर्दै पर्यटन व्यवसायीले छुटका विभिन्न प्याकेज सार्वजनिक गरेका छन्। नेपालीको घुमघामको बानी बढ्दा वाह्य पर्यटक कम हुँदा पनि पर्यटन व्यवसायलाई भरथेग भइरहेको व्यवसायीले बताए । आगामी बुधबार जनवरी १ मा उद्घाटन हुन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै यतिबेला आन्तरिक तथा वाह्य पर्यटकले सौराहामा होटलहरुको अग्रिम बुकिङ सुरु गरिसकेका छन्।

चितवन क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराइले आन्तरिक पर्यटक धेरै आइरहेकोले चितवनमा ८० प्रतिशतभन्दा बढी कोठाहरूको अग्रिम बुकिङ भइसकेको बताए । सौरहामा जारी हात्ती महोत्सव, न्यू इयर र भ्रमण वर्षको सुरूवातसँगसँगै परेकोले पनि चितवनमा पर्यटकको चाप क्रमिक रूपमा बृद्धि भइरहेको उनले बताए ।

क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सौरहाका होटलहरुमा सात हजार पर्यटक राख्ने क्षमता रहे पनि अंग्रेजी नयाँ वर्षमा दोब्बर बढी पर्यटकहरु आउने बताए । यस पटक हात्ती महोत्सव चलिरहेको छ भने प्रदेश ३ सरकारले नयाँ वर्षको दिन पर्यटन वर्षलाई लक्षित गरेर विभिन्न सांस्कृति झाँकीहरु प्रदर्शन गर्ने तयारी गरेकोले पनि यस पटकको नयाँ वर्षमा पर्यटकहरु बढी आउने उनको तर्क छ । रेवान सौराहाले नयाँ वर्षमा बाटो नै बन्द गरेर फुड फेस्टिबल गर्ने तयारी गरेको उनले बताए ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>