चितवन विशेष

चितवनको क्रिकेट रंगशालाका लागि सहयोग जुट्ने क्रम बढ्यो

Banner

चितवन, पुस १२–

चितवनको भरतपुर महानगरपालिका–१५, रामपुरस्थित निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग जुट्ने क्रम बढ्दै गएको छ । पछिल्लो समय आमा समूहदेखि लिएर विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग रकम प्रदान गर्न थालेका छन् ।

यसैक्रममा चितवनका समाजसेवी मुरली प्रसाद गजुरेलले विभिन्न व्यक्तिहरुबाट आफूले संकलन गरेको सहयोग रकम रंगशालालाई हस्तान्तरण गरेका छन् । आज विहान रंगशाला स्थल पुगेर गजुरेलले रंगशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष एवंम सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’लाई एक लाख १५ हजार ९५४ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

जनस्तरबाट निर्माण भइरहेको रगंशालाका लागि समाजसेवी गजुरेलले स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुसंग सहकार्य गरी सो रकम संकलन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>