मौसम
आज काठमाडौंको तापक्रम वर्षकै कम ०.६ डिग्री
०

काठमाडौं,पुस १२-
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौं उपत्यकाको तापक्रम यस वर्षको कम रहेको छ। महाशाखाका अनुसार काठमाडौं उपत्यकाको तापक्रम शनिबार बिहान ० दशमलब ६ डिग्री सेल्सियस मापन भएको छ।
यसअघि उपत्यकाको न्युनतम तापक्रम ० दशमलव ९ डिग्री सेल्सियस मापन भएको थियो। उपत्यकामा अहिले हुस्सु र कुहिरो लागेको छ। दिउँसो बिस्तारै हट्दै जाने महाशाखाकी मौसमबीद् गंगा नगरकोटीले जानकारी दिइन्। काठमाडौ उपत्यकासहित धेरैजसो भागमा पहाडी भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























