चितवन विशेष

माडीका चेपाङ बालबालिकालाई न्यानो कपडा

Banner

चितवन, पुस ३-

माडी नगरपालिकाको विकट क्षेत्र कुसुमखोलामा बस्दै आएका सुकुमबासी चेपाङ बालबालिकालाई पोखराका विभिन्न तीन संस्थाले न्यानो कपडा ज्याकेट उपलब्ध गराएका छन् ।

ट्रेकिङ सामग्री व्यवसायी संघ, लायन्स क्लब पोखरा लेक साइड र फ्रेण्ड्स अफ नेचर नामक संस्थाहरुले संयुक्तरुपमा ज्याकेट वितरण गरेका हुन् । बुधबार माडी–१ बगइ राईडा“डामा आयोजित कार्यक्रममा ज्याकेट वितरण सम्पन्न भयो । कार्यक्रमका संयोजक रामु गौतमका अनुसार १७० जना बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ । कुसुमखोलाका स्थानीय अहिले त्यो ठाउँबाट बिस्थापित भएर राईडाँडा लगायतका ठाउँमा आएर बसेका छन् । माडी–९ का वडाध्यक्ष शिवहरि सुवेदी आपत परेका समयमा बालबालिकाले न्यानो कपडा पाएको बताए । पोखराका यी संघ संस्थाले यसअघि पनि त्यहाँ सहयोग उपलब्ध गराउँदै आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>