साहित्य

‘वेदको सामान्यज्ञान’ नामक पुस्तक सार्वजनिक

Banner

काठमाडौँ, मङ्सिर २९-

जरो किलो प्रतिष्ठान नेपालले ‘वेदको सामान्यज्ञान’ नामक पुस्तक सार्वजनिक गरेको छ । काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक तथा जरो किलो प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा निर्मलमणि अधिकारीले लेख्नुभएको ‘वेदको सामान्यज्ञान’ पुस्तक वेदलाई नेपालीमा अनुवाद गर्नुभएका आचार्य तिलकप्रसाद लुइँटेलले लोकार्पण गरेका हुन।

पुस्तक लोकर्पण गर्दै वेद अनुवादक आचार्य तिलकप्रसाद लुइँटेलले वेदका बारेमा जानकारी लिन चाहने सर्वसाधारणका लागि पुस्तक प्रवेश विन्दु भएको बताए । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले वेदमा सबै कुरा छ भनिए पनि यसमा भएको वैज्ञानिक पक्षका बारेमा चर्चा हुनुपर्नेमा जोड दिंए । वेदमा भएका ज्ञानको विषयगत पुस्तक प्रकाशित हुनुपर्ने उनको भनाइ थियो ।

प्राडा आनन्दप्रसाद घिमिरेले वेदको विविध पक्षका बारेमा चर्चा गर्दै लोकार्पित पुस्तकले सामान्य पाठकलाई पनि वेदका बारेमा जानकारी राख्न सघाउने बताए । कार्यक्रममा डा गोविन्दशरण उपाध्यायले पछिल्लो समय वेदका बारेमा सर्वसाधारणमा बढेको जिज्ञासाको समाधान पुस्तकले गर्ने विश्वास व्यक्त गरे ।

पुस्तकका लेखक अधिकारीले विभिन्न माध्यमबाट वेदबारेमा सयौँ प्रश्न सोधिने गरेकामा सबैको प्रतिनिधि ३० प्रश्नको उत्तर समेटेर पुस्तक तयार पारिएको बताए । पुस्तकमा नेपाली, हिन्दी तथा अङ्ग्रेजीमा उपलब्ध सन्दर्भ सामग्रीको अधिकतम् प्रयोग गरिएको सो अवसरमा जानकारी गराइयो । वेदको सामान्यज्ञान जस्तै आगामी दिनमा उपनिषद्, पुराणलगायत स्मृति गन्थहरुको पनि समान्यज्ञान प्रकाशन हुने लेखक अधिकारी प्रतिबद्धता थियो ।

वेदमा सबै ज्ञानको सार समेटिएको बताउँदै वाल्मीकि विद्यापीठका सहप्राध्यापक माधवप्रसाद पाण्डेयले वर्तमान समयमा वेदको वैज्ञानिक पक्षमा धेरै जिज्ञासा भएकाले यस विषयमा छुट्टै पुस्तक आवश्यक भएकोमा जोड दिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>