चितवन विशेष

माडीका तीन बिरामीलाई आर्थिक सहयोग

Banner

चितवन, मंसिर २८-

सहयोगी नेपाल संस्थाले माडी नगरपालिकामा रहेका तीन बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

माडी नगरपालिका–४ निवासी आनन्द चालिसे, माडी नगरपालिका–७ निवासी दण्डपाणी गौतम र मनकुमारी ढकाललाई एक लाखका दरले तीन लाख रुपैयाँ सहयोग गरिएको सहयोगी नेपालका कोषाध्यक्ष कृष्णबहादुर रानाभाटले जानकारी दिए । विनोद रानाभाटको उद्धारका लागि संकलित रकम मध्ये आज तीन बिरामीलाई सहयोग गरिएको हो ।

सहयोग कार्यक्रममा माडी नगर प्रमुख ठाकुरप्रसाद ढकालले अशक्त बिरामीलाई माडी नगरपालिकाले पनि सक्दो सहयोग गर्ने र सहयोग गदै आइरहेको बताए । माडीको विकास र समृद्धि तर्फ अघि बढिरहेको समयमा नगरपालिकाले आर्थिक कमजोरी भएका बिरामीलाई सहयोेग गर्नेमा उनले जोड दिए । सहयोगी नेपालका अध्यक्ष हरिबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा माडी नगरपालिका–७ का वडा अध्यक्ष बालकृष्ण सापकोटा, सहयोगी नेपालका कोषाध्यक्ष कृष्णबहादुर रानाभाटको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>