खेलकुद

समापन समारोहमा प्रधानमन्त्रीले भनेः १३ औं साग सफल र ऐतिहासिक

Banner

काठमाडौं,मंसिर २४-

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकूद (साग) सफल र ऐतिहासिक भएको बताएका छन् । सागको समापन समारोहको अवसरमा मंगलबार एक भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसपटकको सागमा खेलाडीको सहभागिता र पदकको हिसावले पनि नेपाललाई ऐतिहासिक सफलता मिलेको भन्दै सुखी व्यक्त गरे ।

‘सागमा पदकहरु यसवर्ष देशमै पहिलेभन्दा धेरै राखिएका छन् । समग्रतामा भन्दा साग सफल र ऐतिहासिक रुपमा सम्पन्न भएको छ’, ओलीले भने, ‘सागले दक्षिण एसियाली देश र जनताहरुबीचमा एकता, मित्रता अभिवृद्धि गरेको छ ।’ साग सफलतापूर्वक सम्पन्न भएकोमा संलग्न सबै पक्षलाई धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘काठमाडौँ, पोखरा र जनकपुरबाट खेल सञ्चालन गर्नु र समग्र सागको सुखद समापनमा आइपुग्नु ज्यादै खुसीको कुरा हो । यस सन्दर्शमा यस सफलताका लागि योगदान दिनुहुने नेपाल लगायत सबै सहभागी देशका सरकार र खेलक्षेत्रका प्रशिक्षक र खेलाडीलाई धन्यवाद भन्न चाहन्छु ।’ प्रधानमन्त्रीले खेलले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

यस्तै सागमा पदक जित्ने सबै नेपाली खेलाडीलाई पनि प्रधानमन्त्रीले बधाइ तथा शुभकामना दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>