क्रिकेट

साग महिला क्रिकेटः माल्दिभ्सलाई हराउँदै नेपालले जित्यो काश्य पदक

Banner

काठमाडौं, मंसिर २१–

१३ औं साग अन्तरगत महिला क्रिकेटमा नेपालले काश्य पदक जितेको छ । पोखरामा आज भएको खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै नेपालले काश्य पदक जितेको हो । आजको खेलमा अञ्जली चन्दले उत्कृष्ट बलिङ गरिन् ।

नेपालले कमजोर टिम माल्दिभ्सलाई ८ रनमा अलआउट गरेको थियो । अञ्जलीले घातक बलिङ गरिन् । ४ ओभर बलिङ गरेकी उनले ३ मेडन राख्दै मात्र १ रन खर्चिर ४ विकेट लिइन् । समूह चरणमा माल्दिभ्सविरुद्ध नै उनले १३ बलमा रन नै नदिई ६ विकेट लिएर विश्व कीर्तिमान बनाएकी थिइन् ।

यस्तै कप्तान रुविना क्षेत्री र सीता राना मगरले समान २–२ विकेट लिएकी छन् ।
नेपालले ९ रनको लक्ष्य मात्र ७ बलमा विना विकेटको क्षतिमा पुरा गर्‍यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>