शिक्षा

महावीर पुन ५० हजार नगदसहित सम्मानित

Banner

काठमाडौं,मंसिर २०-

ताररहित प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गरी सामाजिक उत्थानमा विशेष योगदान पु¥याएको भन्दै महावीर पुनलाई सम्मान गरिएको छ । काठमाडौँको स्वयम्भूमा रहेको दि एक्सेल्सियर स्कूलले नगद रु ५० हजारसहित पुनलाई सम्मान गरेको हो । पुनले हालै सञ्चालनमा ल्याउनुभएको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग पुगोस् भन्ने उद्देश्यले स्कूलमा तीन कक्षामा अध्ययनरत विद्यार्थीले विद्यालय हाताभित्र नै सञ्चालन गरेको एकदिने बजारबाट सङ्कलित रकममा केही थप गरी एक कार्यक्रमबीच पुनलाई हस्तान्तरण गरिएको हो । साना भाइबहिनीको खाजा खर्च जोगाएर आफ्नो आविष्कार केन्द्रलाई सहयोग गरेको भन्दै पुनले प्रविधिको विकास गरी उद्यमी बनी नयाँ उद्यम गर्न प्रेरणा दिनुभयो ।

उहाँले विद्यालय तहदेखि नै विद्यार्थीलाई स्वावलम्बी बन्न नयाँ नयाँ प्रविधिको सिर्जना गर्न राज्यले प्रेरित गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “शिक्षक नागरिक स्वदेशका लागि नै उत्पादन गराँै कति विदेशका लागि सक्षम नागरिक बनाएर पठाइरहने ।” कार्यक्रममा विद्यालयका प्रबन्धनिर्देशक राम बस्नेत, अध्यक्ष शीतल राणा प्रध्यानाध्यापक प्रशान्त रजकले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै निरन्तर सहकार्य गर्ने उल्लेख गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>