चितवन विशेष

राप्तीमा दुई दिने युथ क्याम्प

Banner

आशिष उप्रेती

चितवन, मंसिर १४-

लियो क्लब अफ चितवन पर्साको आयोजनामा भएको दुई दिने लिडरशिप युथ क्याम्प सिजन–२ आज पूर्वी चितवनको राप्ती नगरपालिकामा सम्पन्न भएको छ ।

विशेष गरी पर्यटकीय क्षेत्रलाई चिनाउन र पर्यटन वर्ष–२०२० लाई सफल बनाउने उद्देश्यको साथसाथै युवाहरुलाई सक्षम रुपले नेतृत्व बहन गर्न सकोस् र सबै युवाहरु एकीकृत भई युवाहरुमा सेवाको भावना अझै बढाउनको लागि कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक सन्दिप अधिकारीले जानकारी दिए ।

कार्यक्रममा लायन्स क्लब अफ चितवन पर्साको अध्यक्ष धनवीर चौधरी, लियो जिल्ला परिषद् ३२५ बी २ का डाइरेक्टर तथा पूर्व अध्यक्ष अन्जन चौधरी र लियो जिल्ला परिषद् ३२५ बि २ का हङगर रिलिफ प्रोग्राम चिफ रुपेश भट्ट रहेका थिए । युवाहरुको व्यक्तित्व विकासमा केन्द्रित भएको क्याम्पमा नेतृत्वदायी क्षमताको विकास कसरी गर्ने भन्ने बारमा ज्ञान र सीपको आदानप्रदान भएको थियो । युवाहरुका लागि यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि गरिने कार्यक्रमका सभापति नमराज लामिछानेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>