एथलेटिक्स

आहा ! दशरथ रंगशाला,उद्घाटनको रिहर्सलमा यस्तो देखियो

Banner

काठमाडौं,मंसिर १३-

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोहको शुक्रबार रिहर्सल गरिएको छ । सागको उद्घाटनको दुई दिनअघि दशरथ रंगशालामा रिहर्सल गरिएको छ । साग तयारीका लागि नेपालको एक मात्र अन्तरराष्ट्रियस्तरको दशरथ रङ्गशाला बेहुलीझैँ सिँगारिएको छ ।

सागको औपचारिक उद्घाटन हुन अब दुई दिन मात्र बाँकी हुँदा भव्य उद्घाट्न गर्न रङ्गशालामा बलेको झिलीमिली बत्तीले वातावरणलाई उत्साहित बनाएको छ । आइतबार औपचारिकरूपमा सागको उद्घाटन हुनेछ ।

रङ्गशालामा अहिले विभिन्न किसिमका झिलीमिली बत्ती बलेका छन् भने दक्षिण एशियाली राष्ट्र अङ्कित झण्डा टाँगिएका छन् । विगत केही वर्षयतादेखि छायाँमा परेको दशरश रङ्गशालाले साँच्चिनै ध्यान तानेको छ शहरवासी र खेलप्रेमीको । रङ्गशाला मात्र होइन, राजधानी काठमाडौँ नै अहिले सजिएको छ ।

खेलकूदका विभिन्न ब्यानर, मस्कट चिह्न, अफिसियल राष्ट्रको चिह्न र नेपालका विभिन्न सांस्कृतिक सम्पदा तथा इतिहास झल्किने गरी राजधानीलाई सजाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>