कर्पोरेट
सर्लाही र धनुषामा प्रोग्रेशिभ फाइनान्सको नयाँ शाखा

काठमाडौं, मंसिर ११–
प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं. २ अन्तरगत सर्लाहीको मलंगवा नगरपालिकामा र धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका, महेन्द्रनगरमा शाखा कार्यालय संचालनमा ल्याएको छ । मलंगवा नगरपालिकामा शाखा कार्यालयको नगर प्रमुख निरसल साह र क्षिरेश्वरनाथ नगरपालिकामा नगर प्रमुख योगेन्द्र पजियारले नयाँ शाखाको समुद्घाटन गरे ।
चुक्तापूँजी रु. ८० करोड १ लाख रहेको फाइनान्स कम्पनीको काठमाडौंको तिनकुनेमा कर्पोरेट कार्यालय रहेको छ । यस फाइनान्सले न्यूरोडमा मूख्य शाखासहित बनेपा, पोखरा, सबैला तथा यी दुई शाखासमेत गरी जम्मा ६ शाखा र ललितपुरको पूल्चोक, महालक्ष्मीस्थान, काठमाडौंको तीनकुने तथा भक्तपुरको ठिमिमा गरी ४ एक्सटेन्सन काउण्टरहरुमार्फत निरन्तर वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
देशका सबै भूगोलको प्रतिनिधित्व हुनेगरी शाखा विस्तारको योजना राखेको फाइनान्स कम्पनीले निकट भविष्यमा देशका अन्य प्रमुख शहरहरुमा पनि नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याउने योजना रहेको फाइनान्स कम्पनीका अध्यक्ष किशोर कुमार महर्जनले जानकारी दिए । फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईले वित्तीय क्षेत्रमा सरल, सहज र ग्राहकमुखी सेवालाई बढी प्राथमिकतामा राखी आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै प्रोग्रेशिभ फाइनान्सले प्रदान गर्ने वित्तीय सेवा तथा सुविधाहरुका बारेमा जानकारी दिए ।
कार्यक्रममा प्रोग्रेशिभ फाइनान्सका संचालकहरु लक्ष्मीप्रसाद महर्जन, समुन्द्रकाजी श्रेष्ठ, बजार व्यवस्थापन विभागका रबिन महर्जन, शाखा प्रबन्धकहरु लगायतको सहभागिता रहेको थियो ।
























