अन्तर्राष्ट्रिय
हिंसाका कारण कङ्गोमा आठको मृत्यु
०

बेनी, कङ्गो, मङ्सिर ९-
लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएको पछिल्लो हिंसात्मक घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
देशको बेनी सहरमा लडाकूहरुले आक्रमण गरेपछि भएको हिंसामा परी उनीहरुको मृत्यु भएको जनाइएको छ । सेनाका प्रवक्ता कर्नेल माक हजुकाइले युगाण्डासँगको सीमा क्षेत्रमा घटना भएको र उनीहरुको मृत्यु भएको पुष्टि गरेका छन ।
हिंसात्मक घटनाका क्रममा टाउन हल र केही भौतिक संरचनाहरु समेत जलेको अधिकारीहरुले जनाएका छन् ।लडाकूहरुको समूह एलाइड डेमोक्र्याटिक फोर्स (एडीएफ) ले संयुक्त राष्ट्रसंघका शान्ति सेना र स्थानीय सुरक्षाकर्मीहरुका विरुद्धमा जुलुश निकालेका थिए । रासस/एएफपी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























