राजनीति
सबै मन्त्रीका पछाडि पनि मान्छे लगाएको छु, तलमाथि भए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौं,मंसिर ६-
प्रधानमन्त्री केपीशर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई समन्वय गरी काम गर्न निर्देशन दिएका छन्। नवनियुक्त मन्त्रीहरुसँगको पहिलो बैठकमा उनले मन्त्रीलाई सचिव र सचिवलाई कर्मचारीसँग समन्वय गरेर काम गर्न निर्देशन दिए। सचिव र कर्मचारीले काममा ध्यान नदिए आफूमात्रै छट्पटाएर काम नहुने भन्दै ओलीले गम्भीर हुन आग्रह गरे।
उनले भने ‘म मात्रै छट्पटाएर केही हुँदैन, मन्त्रीहरु पनि चटपटाउनुपर्यो, सचिवहरु पनि चटपटाउनुपर्यो।’ चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा देखिएको विकासलाई लक्षित गर्दै उनले चाहेमा सात दिनभित्रै धेरै काम हुन्छ भन्ने उदाहरण जनताले देखिसकेको बताए। कार्यविभाजन गरेर राज्यमन्त्रीलाई पनि जिम्मा दिन उनले आग्रह गरे।
मन्त्रीहरुलाई पारदर्शी हुन उनले निर्देशन दिए। ‘तपाईको पछाडि पनि मान्छे लगाएको छु, तलमाथि भए कारबाही हुन्छ’ उनले भने।

























