कर्पोरेट

एनआईसी एशिया बैँकले ल्यायो सुपर चमत्कारिक योजना

Banner

चितवन, मंसिर ३-

एनआईसी एशिया बैंकले सबै ग्राहकलाई उपयोगी हुने गरी अधिकतम सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको छ ।

बैँकले जारी गरेको विज्ञप्तिअनुसार सबै तह र तप्काका ग्राहकलाई उपयुक्त ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ यस बैँकमा खाता भएका इच्छुक सबै खातावाहकहरु तथा नयाँ खाता खोल्न चाहनेले खाता खोली अधिकतम लाभ लिन सक्नेछन् । यो योजनाअन्तर्गत थोरै–थोरै रकम जम्मा गरी कुनै लगानी तथा आफ्नो आम्दानीलाई नियमितरुपमा बचत गरी आवश्यकताहरु पूरा गर्न, भविष्यका योजनाहरु जस्तै विदेश भ्रमण, इच्छाइएको बहुमूल्य सरसामानहरु जोड्न र बचत खाताबाटै मुद्दती खाता बराबरको प्रतिफल प्राप्त गर्न सकिने बैँकले जनाएको छ । यस निक्षेप योजनाबाट आमजनमानसको बचत गर्ने बानीलाई थप सहज बनाउँदै, प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्नुहुने विश्वास बैँकले लिएको छ ।

यस निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम ५०० को गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिनेछ । कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा १०० को गुणन दरले ५०० भन्दा बढी रकम जम्मा गरी ९.७५% व्याज प्राप्त गर्न सकिने बैँकले जनाएको छ । यसैगरी ग्राहकले मासिक रुपमा थोरै–थोरै रकम जम्मा गरी बचतमा मुद्दती बराबरको लाभ लिन सक्नेछन् । कुनै महिना तोकिएको रकम बुझाउन असमर्थ भएमा अर्को महिना किस्ता बराबरको रकम कुनै अतिरिक्त शुल्कबिना यथास्थितिमा बुझाउन सकिने बैँकले जानकारी दिएको छ ।

मोबाइल बैँकिङ, इन्टरनेट बैँकिङ वा सिधै उपयुक्त पर्ने बैँकको शाखामार्फत् रकम जम्मा गर्न सकिने सुविधा पनि यस योजनामा रहेको छ । यस खातावाहकले निक्षेपको ९०% सम्म कर्जा प्राप्त गर्न सक्छन् भने निक्षेप योेजनाको ५०% परिपक्व हुने अवधि कटेपछि आवश्यक परेको खण्डमा खाताबाट रकम झिक्न पनि सक्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>