समाज

खुसीको आँसु पुछ्दै श्रीनारायणले भनेः १२ वर्षपछि न्याय पाए,अब छोराको क्रिया गर्छु

Banner

रौतहट,कात्तिक ३०-

विस्फोटमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण सिंह राजपुतले १२ वर्षपछि न्याय पाएको महसुस भएको प्रतिक्रिया दिएका छन् । आलमलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि आँसु पुछ्दै उनले भने, ‘यो खुसीको आँसु हो, छोरा मरेको अनुभूति भइरहेको छैन, किनकि ऊ (आलम) थुनामा गयो ।’

लामो समय अदालत धाएका उनले अब भने छोराको क्रिया गर्ने बताएका छन् । ‘अब गयामा गएर छोराको क्रिया गर्छु’, आलम थुनामा गएपछि न्याय पाएको भन्दै उने भने, ‘मेरो छोराको मृत्यु नै भएको छैन, बम ब्लास्ट भएको छैन भन्दै थिए उनीहरूले, जिउँदो भए त अतापता केही त हुन्थ्यो ।’ यसअघि इजलासमै उनले आलमसँग छोरा मागेका थिए । थुनछेक बहस सकिएपछि न्यायाधीशले जाहेरीकर्ता र प्रतिवादी दुवैलाई आफ्ना कुरा राख्ने अनुमति दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>