समाज

अब नेपाली सेना पनि सीमा अनुगमनमा,नयाँ इकाई खडा हुने

Banner

चितवन,कात्तिक ३०-

नेपाली सेनाले सर्भे तथा सीमा अनुगमन निर्देशनालय नामको नयाँ इकाई खडा गर्न लागेको छ । छिमेकी मुलुकबाट राष्ट्रको सीमा मिचिँदै जाने, सीमाका पिलरहरू हराउने र संरक्षण नहुने तथा समग्र सीमा सुरक्षामा कमजोरी देखिन थालेपछि सेनाले विशेष ध्यान दिन लागेको हो । सरकारले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको जिम्मा दिँदै आएकोमा रक्षा मन्त्रालयले अब सेनालाई पनि सीमा निगरानी कार्यमा लगाउन लागेको जनाएको छ ।

नेपाली सीमा लामो समयदेखि मिचिँदै आएका छन् । गृह मन्त्रालयका अनुसार नेपाल–भारतबीच करिब १८ सय ८० किलोमिटर सीमा क्षेत्रका २ हजार ७ सय १६ सीमा स्तम्भ गायब भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>